उद्देश्य (Objectives)

क) कक्षा १ देखि १० कक्षा सम्मका विद्यार्थीहरुको सिकाइ उपलब्धि आगामि ५ वर्षमा ८० प्रतिशत भन्दा माथि पु¥याउने ।

ख) कक्षा ११ र १२ को नतिजा आगामि ५ वर्षमा B भन्दा माथि ल्याउने 

ग) विद्यालय भवन, चमेना गृह व्यवस्थापन, ई लाइब्रेरी र बहुउद्देशीय भवन सहितका भौतिक पूर्वाधारहरुको विकास गर्ने ।

घ) अनुशासित,परिश्रमी,मिलनसार, राष्ट्र र समाजप्रति जिम्मेबारको भावना सहितको चरित्र निर्माण गर्ने ।

ङ) अभिभावक तथा सम्बद्ध सरोकारवालाको विद्यालयमा सहभागिता अभिवृद्धि गर्ने । 

च) बालप्रतिभाको पहिचान गर्न सो सम्बन्धि आवश्यक सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने । 

छ) विद्यालयलार्इ  बालमैत्री, हरित, शान्त, सफा तथा सुरक्षित सिकाइकेन्द्रको रुपमा विकास गर्ने ।

ज) सिकाई प्रक्रियालाई सुचना प्रविधिसँग जोड्ने वातावरण सिर्जना गर्ने ।

झ) शिक्षकहरुलाई सुचना र प्रविधिको प्रयोग सम्बन्धि प्रबोधीकरण गर्ने ।

ञ) खेलकुद, साँस्कृतिक तथा अतिरिक्त क्रियाकलापशरुमामा विद्यार्थीको संलग्नता बढाउने । 

ट) सबै कक्षा र तहका विद्यार्थीको औसत सिकाइ उपलब्धि वृद्धि गर्दै लाने ।

ठ) जिम्मेवार अभिभावक, उत्तरदायी शिक्षक कर्मचारीहरु र लगनशील विद्यार्थीको भूमिका निर्वाह गर्ने ।

ड) विद्यालय शिक्षामा STEAM शिक्षणविधिलार्इ  एकीकृत गर्ने ।

ढ) विद्यालयलार्इ  समुदायको अग्रणी सिकाइकेन्द्रको रुपमा नेतृत्व विकास गर्ने ।

ण) विद्यार्थी केन्द्रित सिकाइका लागि प्रवर्तनात्मक शिक्षणविधि सहित २१ औं शताब्दिीका सिपहरुको विकास गर्ने वातावरणको सिर्जना गर्ने ।

 

आवश्यकता पहिचान एवम् प्राथमिकीकरणः

तालिका ११: प्राथमिकता प्राप्त कार्यहरुको सूची

क्षेत्र प्राथमिकताका आधारमा गर्न सकिने कार्यहरु
शैक्षिक

१. विद्यालयमा रहेको शिक्षक विद्यार्थी अनुपातलाई तोकिए अनुसार मिलाउने   

२. १–८ (आधारभुत तह) विद्यार्थी संख्या वृद्धि गर्ने ।

३. अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्ने ।

४. घरदैलो कार्यक्रमलाई व्यवस्थापन गर्ने  

५. यातायातको साधनको व्यवस्थापन । 

६. शिक्षक तथा विद्यार्थीको संलग्नतामा शैक्षिक सामग्रीको निर्माण ।

७. हरेक शुक्रबार अतिरिक्त कक्षा तथा थप अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने ।

८. ICT को प्रयोगबाट शिक्षण गर्ने ।

९. छात्रवृति कोषको व्यवस्था गर्ने । 

१०. कक्षा ११ र १२ मा थप विषयको कक्षा सञ्चालन गर्ने ।

११. सबै शिक्षक, विद्यार्थीहरुका परिचयपत्रका लागि स्मार्ट कार्डका प्रयोग गर्ने ।

१२. शैक्षिक गुणस्तर वृद्धिका लागि मौजुदा शिक्षकहरुलार्इ  थप जिम्मेवारी र थप प्रोत्साहन दिएर गुणस्तरीयशिक्षा प्रदान गर्ने ।

१३. विद्युतिय पुस्तकालय र कम्प्युटर तथा विज्ञान विषयको सुविधाा सम्पन्न प्रयागेशाला र ल्याबहरुको व्यवस्था गर्ने । 

१४. विद्यालयका शैक्षिक तथा अन्य क्रियाकलापहरुको वृत्तचित्र निर्माण गर्ने । 

१५. प्रत्येक शिक्षकलाई ल्यापटपको व्यवस्था गर्ने । 

१६. विद्यालयका समसामयिक सूचनाका लागि पोष्टर, पम्प्लेट, ब्यानर निर्माण ।

१७. शैक्षिक सामग्री निर्माण, प्रयोग र संरक्षण सम्बन्धि कार्याशाला आयोजना गर्ने

१८. सिकाई संग्रहालयको स्थापना गर्ने ।

१९. कक्षागतरुपमा विद्यार्थीको प्रोफाइल तयार गर्ने । 

२०. पाठयोजनासहित शिक्षण गर्ने

भौतिक  

१. भूकम्प प्रतिरोधात्मक वातावरण अनुकुल बालमैत्री भवनको निर्माण गर्ने ।

२. उपयुक्त तथा आवश्यक अनुरुपको खेल मैदान निर्माण गर्ने ।

३. फूलवारी, शौचालय र बालगृहको उचित विकास र संरक्षण गर्ने

 ४. पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला व्यवस्थित गर्ने ।

६. विद्यालय संरचनाको नक्साङ्कन गरी जोखिम विश्लेषण गर्ने ।

७. लैंगिक तथा अपाङ्गमैत्री शौचालय निर्माण । 

८. कम्प्युटर र विज्ञान विषयको सुविधा सम्पन्न प्रयोगशाला निर्माण तथा साविकका कक्षाहरु व्यवस्थापन गर्ने । 

९. व्यवस्थित चमेनागृह निर्माण गर्ने ।

. तहगत रुपमा विद्यार्थी मैत्री फर्निचरको व्यवस्था सबै कक्षा र अन्य कोठाहरुमा पंखा, बत्तीको व्यवस्था गर्ने ।

. प्रविधि मैत्रि कक्षाकोठाको अवधारणा अनुसार सबै कक्षाहरुमा  स्मार्ट बोर्ड । 

ICT मैत्री प्रयाप्त आधुनिक फर्निचरयुक्त वि.व्य.स, शि.अ.संघ, प्र.अ., स.प्र.अ., कार्यक्रम प्रमुख र संयोजकहरुको कार्यकक्ष व्यवस्था गर्ने ।

. सुरक्षा गार्डका लागि घर निर्माण गर्ने । 

१४. स्कुल बस, मोटरसाइकल र साइकलहरुको पार्किङ्ग स्थल निर्माण गर्ने । 

१५. अभिभावकका लागि प्रतिक्षालय निर्माण गर्ने । 

१६. सरस्वती मन्दिर निर्माण कार्य सम्पन्न गर्ने ।

१७. विद्यालय विकासमा उल्लेखनीय योगदान पु¥याउने महानुभावहरुको सम्झनामा शान्ती उद्यान निर्माण गर्ने ।

१८. पूर्व विद्यार्थी समाज तथा सामुदायिक सूचनाकेन्द्र कक्ष निर्माण गरी आवश्यक सामग्री व्यवस्था गर्ने । 

१९.विद्यालय परिसरमा फुटबल, बास्केटबल, भलिबल, क्रिकेट जस्ता खले कुदका लागि खले मैदान व्यवस्था गर्ने 

.विद्यालय सम्पत्ति संरक्षण तथा दिगोपनका लागि मर्मत सम्भार योजना निर्माण गर्ने ।

व्यवस्थापकीय

१. विद्यालयका सम्पुर्ण गतिविधि झल्किने गरी वार्षिक कार्ययोजना निर्माण गर्ने । 

२. वार्षिक कार्ययोजनाको आधारमा शैक्षिक बुलेटिन, स्मारिका र शैक्षिक क्यालेन्डर निर्माण गर्ने । 

. मौजुदा शिक्षकहरुबाट अतिरिक्त पिरियडको व्यवस्थापन गरी प्रोत्साहन प्रदान गर्ने । 

. सरोकारवालाहरुको अपनत्व वृद्धि गर्ने विद्यालयको विविध क्रियाकलापमा अभिभावक तथा शिक्षाप्रेमीहरुलाई संलग्न गराउने ।

. विद्यालय हाताभित्र थप वृक्षारोपण गरी हरित पेटी तथा बगैचा निर्माण गर्ने ।

. फिडर विद्यालय सहितका शिक्षकहरुको क्षमता विकासका लागि शिक्षक तालिमको व्यवस्था मिलाउने । 

. वर्षभरिमा उत्कृष्ट कार्य गर्ने शिक्षक, विद्यार्थी, कर्मचारी तथा अभिभावकहरुलाई पुरस्कृत गर्ने ।

. गुणस्तरीय शिक्षाका लागि सरोकारवालाहरुसँगको अन्तरक्रिया गरी घरदैलो अभियान सञ्चालन गर्ने ।

. सेनेटरी प्याड निर्माण सम्बन्धि कार्याशाला तय गरी सुलभ तरिकाबाट प्याड वितरण गर्ने । 

१०. एक शिक्षक एक पद  र एक विद्यार्थी र एक जिम्मेवारीका लागि कार्यसम्पादन करार गर्ने । 

११. यस विद्यालयलार्इ  नमुना विद्यालयका रुपमा विकासका लागि संघ, प्रदेश र स्थानीयतहका शैक्षिक निकायहरु सँग समन्वय गर्ने । 

२. प्रजनन तथा यौन शिक्षा सम्बन्धि अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने । 

१३. हरेक वर्ष विद्यालय मै सरस्वती पुजाको व्यवस्था गर्ने ।

१४. पोषणका लागि दिवा खाजा कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउने ।

१५. विपद् तथा सुरक्षित विद्यालय सम्बन्धि निम्नानुसार गर्ने ।