श्री भागेश्वर माध्यमिक विद्यालय, टाँटर, डडेल्धुरामा अवस्थित एक प्रतिष्ठित शिक्षालय हो । सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिका-८ मा रहेको यो विद्यालय संघीय संसद प्रतिनिधि सभा क्षेत्र नं. १ र प्रदेशसभा निर्वाचन क्षेत्र (ख) अन्तर्गत पर्छ।
कुनै पनि देशको समृद्धि र विकासको स्तर त्यस देशको जनताको ज्ञान र सीपको स्तरसँग प्रत्यक्ष सम्वन्धित रहेको हुन्छ । व्यक्तिमा चाहिने ज्ञान र सिपको स्तर बढाउने शिक्षा नै हो, जसलाई मानविय पुँजीका रुपमा ब्याख्या गरिन्छ । देशको आर्थिक सामाजिक चुनौतिसँग सामना गर्नमा एवं देशलाई समृद्द वनाउन शिक्षामा गरिएको लगानीले महत्वपुर्ण भूमिका खेलेको हुन्छ । यसले देशको आर्थिक सामाजिक रुपान्तरणमा दुरगामी प्रभाव पार्दछ । मानिसको व्यक्तित्व विकास तथा जीवनको तयारी शिक्षाल् गर्दछ । यसको अलावा शिक्षाले नै सामाजिक तथा आर्थिक विकासको काम पनि गर्दछ । यसै कारण विश्वका अधिकांस मुलुकहरुले शिक्षामा आमनागरिकको पहुँच बढाउन र शिक्षालाई गुणस्तरीय वनाउन विविध प्रयासहरु भई रहेको समयमा नेपालमा पनि स्वहि अनुरुप विविध कार्यक्रमहरु भइरहेको वेला वि.स. २००४ मा श्री भागेश्वर प्राथमिक विद्यालयको स्थापना भएको थियो । यसको नामाकरण यहाँका स्थानियवासीहरुका कूलदेवता भागेश्वरको नामवाट गरिएको हो । विद्यालयको स्थापनामा महत्वपूर्ण योगदान पुर्याउने ब्यक्तिहरुमा हेमराज जोशी ज्यूहरुले समेत अतुलनीय कार्य गर्नुभएको थियो ।
विद्यालयको ऐतिहाँसिक विकासक्रमः
- स्थापित वि.स. २००४
- वि स २००९ सालमा अर्ध स्वीकृति
- वि स २०१६ मा पुर्ण स्वीकृति
- निम्न माध्यमिक तह सञ्चालनः वि.स. २०३२ ।
- माध्यमिक तह कक्षा सञ्चालनः वि.स. २०५० साल ।
- माध्यमिक तह कक्षा ११ सञ्चालन अनुमतिः वि.स. २०७१ साल
- माध्यमिक तह कक्षा १२ सञ्चालन अनुमतिः वि.स. २०७२ साल
- सि.टि.इ.भि.टी. वाट वनविज्ञान ३ बर्षे डिप्लोमा तह सञ्चालन अनुमतिः वि.स. २०७६ साल असौज १५ गते ।
विद्यालयको भौगोलिक अवस्थिति
डडेल्धुरा जिल्लाको भौगोलिक स्थिति ज्यादै महत्वपुर्ण छ । सुदुरपश्चिम प्रदेशको महाभारत पर्वत श्रेणी माथि शिरको निधार जस्तै प्रकारले बसेको छ । डडेल्धुरा जिल्लाको भौगोलिक स्थितिलाई हेर्दा अक्षांस २८ डिग्री ५९ मिनेट उत्तर देखि २९ डिग्री २६ मिनेट उत्तर र देशान्तर ८० डिग्री १२ मिनेट पुर्व देखि ८० डिग्री ४७ मिनेट पुर्वि देशान्तरको सिमाना सम्म फैलिएको छ । श्री भागेश्वर माध्यमिक विद्यालय अमरगढी नगरपालिका वार्ड नं.८ अन्तर्गत पर्ने टाँटर गाँउको उत्तरमा रहेको छ । विद्यालयको स्वामित्वमा रहेको जमिनको कूल क्षेत्रफल १०रोपनी र ४ आना रहेको छ ।
निश्चित भूभागमा बसोवास गर्ने जन समूहलाई समुदाय भन्दछन् । साझा, भाषा, संस्कृति, धर्म र पेशागत व्यक्तिहरूको विशिष्ट जातीय संरचनालाइ पनि समूदाय भन्न गरिन्छ । हाम्रो सन्दर्भमा कुनै पनि समुदाय एकै प्रकृतिका पाइदैन । समुदायको विविधता कायम राख्न समुदायले आफ्नो धर्म भाषा संस्कृतिको संरक्षण गर्नु जरुरी छ । डडेल्धुरा जिल्लाको अधिकांश सामुदायिक बनोट विविधतायुक्त रहेकाले सबै समुदायहरु सामुदायिक एकीकरणद्वारा विकास भएको पाइन्छ । अमरगढी नगरपालिका वडा नम्बर ८ विविध समुदायिक बनोटको संगमस्थल हो । यहाँ साँकी, सार्की, पाण्डेय, दमाई , तिरुवा, साँउद, पार्की,पाल(ढाँट)आदि जातका मानिस बसोबास गर्दछन् । त्यसैगरी यहाँका मुख्य जातजातिका रुपमा बाह्मण,क्षेत्री, तथा दलित रहेकाछन् ।
वडागत घरधुरी संख्या तथा लिङ्गको आधारमा जनसंख्याको विवरण
तालिका नं-१.
|
वडा नं |
परिवार संख्या |
पुरुष |
महिला |
जम्मा जनसंख्या |
लैङ्गीक अनुपात |
क्षेत्रफल |
जनघनत्व |
|
८ |
२९१ |
७६५ |
७९० |
१५५५ |
९६.८४ |
७.३८ वर्ग कि |
२११ |
सेवा क्षेत्र
विद्यालय यस्तो थलो हो जहाँ वालवालिकाका रुची, क्षमता, स्तर, आवश्यकता र परिवेश अनुसार अध्यापन गराइन्छ । वालवालिकाले सिक्नु पर्ने कुरा आफै गरेर सिक्ने विधि र तरिका अपनाउने, विद्यार्थीहरुलाई सम्मानका साथ व्यवहार गर्ने, विद्यालयका हरेक तहमा बालअधिकारको सम्मान र कदर हुने, वालअधिकारका आधारभुत मान्यताहरु कार्यान्वयन गरिएको, विद्यार्थीहरुलाई पाठ्यक्रमले तोकेको सिकाइउपलव्धि हासिल गराइने, उनिहरू नियमित विद्यालय आउने, कक्षाकोठा विद्यार्थीका लागि उत्प्रेरणा दिने थलोको रुपमा हुने, विद्यालयका सरोकारवालाहरुको विद्यालय प्रति सकारात्मक दृष्टिकोण र सक्रिय सहभागिता रहने विद्यालयले ओगटेको क्षेत्र एवं सेवा प्रवाह गरि रहेका क्षेत्रहरु हुनः
पुर्वः टाँटर झडिगाँउ अडिगाँउ।
पश्चिमः कृर्तिपुर खुल्लेक बकण्डे
उत्तरः उग्रतारा मन्दिर लटाउली खनमडा गाँउ
दक्षिणः गैराल गाँउ झुकाल गाँउ लटसेरा आदि
माथि उल्लेखित सेवा क्षेत्र बाहेक जिल्लाका अन्य गाँउपालिकाहरू अन्य जिल्लाहरु बैतडी बझाङ्ग डोटी कैलाली र कन्चनपुरबाट पनि पढन आउने वालवालिकाहरुलाई पनि पठनपाठनको सेवा प्रदान गराई रहेको छ ।
विद्यालयमा सञ्चालित कार्यक्रम
बालबालिकाले हामील भनेका भन्दा गरेको गर्छन र विद्यालयमा अभ्यास बिनाका लोकतन्त्रको अर्थ हुँदैन (Children do not do as we tell them; they do as we do . It is no use of democracy in our schools if we don't practice it . ) कुनै पनि सेवा प्रदायक संस्थाको प्रभावकारीता त्यसले सञ्चालन गरेका कार्यक्रममा निर्भर रहन्छ । यस विद्यालयले आर्थिक अभाव, स्रोतको खोजी र त्यसको व्यवस्थापन गर्न नसक्दा सञ्चालीत कार्यक्रमहरुमा प्रभावोत्पादक हुन सकेका छैनन् । सञ्चालीत कार्यक्रमहरुमा बालविकास, औपचारीक तहगत शिक्षा र सहक्रियाकलापहरु रहेका छन् । यसलाई समय सापेक्ष दिगो र गुणस्तरीय वनाउनु पनि चुनौती विद्यालय सामु रहेकोछ । विद्यालयमा पुरै समय विद्यार्थी टिकाई राख्न र भर्ना प्रतिशतलाई बढोत्तरी गर्न शिक्षणमा प्रविधिको प्रयोग तथा विद्यार्थी पोषण कार्यक्रम सञ्चालन र व्यवस्थापनमा आर्थिक तथा व्यवस्थापकीयपक्षमा विशेष जोड दिनु पर्ने देखिन्छ । उच्च प्रतिफल प्राप्त गर्न तल्लो तह देखि नै शिक्षण तथा मूल्याङकन प्रणालीलाई वैज्ञानिक, प्रभावकारी र व्यवहारीक बनाउन जरुरी छ । शिक्षा प्रणालीका ३ वटा पक्षहरु मध्ये लगानी ज्यादै महत्वपुर्ण छ । जसमा पुँजी, मानवीय तथा गैर मानवीय स्रोत पर्दछन् । भौतिक साधनको राम्रो व्यवस्थापन, अभिलेखीकरण, सुरक्षा र आवश्यक्ता अनुसार नवीन प्रविधिको प्रयोग गर्ने तर्फ योजनावद्धरुपमा अघि बढ्नु पर्ने देखिन्छ । विद्यालयको वृहत्त विकासका लागि लक्ष्य निर्धारण र त्यसको प्राप्तिका लागि योजना बनाउन एउटा समिति बनाई अगाडि जानु अहिलेको आवश्यकता हो ।
विद्यालय स्थापना भएको समयदेखि नै स्थानीय समुदायको सामाजिक चेतना एवं शैक्षिक जागरणका लागि यस विद्यालयले नेपाल सरकारको नीतिनियम, निर्देशन एवं समुदायको सहकार्यमा औपचारिक शिक्षा अन्तर्गतका विभिन्न निर्देशित शैक्षिक कार्यकलापहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । समयको आवश्यकता र परिवर्तित सूचना प्रविधिले निम्त्याएका शिक्षण विधिहरुको प्रयोगबाट गुणस्तरीय शिक्षाका लागि आवश्यक लक्ष्य निर्धारणसहितको शैक्षिक योजना तयार गर्दै विद्यार्थीका सेवा, सुविधा, अतिरिक्त क्रियाकलाप , निरन्तर एवं आवधिक मूल्यांकन तथा भौतिक सुधारका पक्षसमतमा उपलब्धि हासिल गर्दै वर्तमान समय सम्मआइपुगेको अवस्था छ ।
माध्यमिक तह सम्मको पठनपाठन सञ्चालित यस विद्यालयमा दुइ प्रकारका धारहरु (क) साधारण माध्यमिक धार र (ख) प्राविधिक माध्यमिक धार सञ्चालनमा रहेका छन् । साधारण माध्यमिक धार तर्फ प्रारम्भिक वाल विकास देखि कक्षा १२ सम्मको नियमित पठनपाठन भैरहेको छ । प्रारम्भिक वाल विकास कक्षाहरु मध्ये एउटा समुदायमा र एउटा विद्यालयमा सञ्चालनमा रहेका छन् । प्राविधिक धार तर्फ वन विज्ञान संकायतर्फको डिप्लोमा इन फरेष्ट्रिमा नियमित पठनपाठन भैरहेको छ । साथै प्राविधिक धार तर्फ १ वर्षको प्रयोगात्मक अभ्यास कार्यक्रम संचालन भैरहेको छ ।